दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको सहकार्य

पाेखरा | साउन १८, २०८२

दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको सहकार्य

पोखरा:   पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ ।


होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो ।


करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि जम्मा ६२ रुममा दुई सभाहल सहित फूलफेजमा होटल सञ्चालन हुने सञ्चालक भट्टराईले जानकारी दिनुभयो ।


फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमालशृंखलासहित मेथलाङ डाँडा नजिकको दृश्यावलोकन गर्न सकिने होटल सुरु भएको एक वर्षमै ट्रिप एडभाइजरमा पोखराका उत्कृष्ट पाँच होटलमध्ये एकमा पार्न सफल होटलसँग सहकार्य गर्न पाउँदा प्रतियोगितामा रौनकता थपेको संयोजक बरालले जानकारी गराउनु भयो ।


कन्फरेन्स हल, स्पा, साउना, स्ट्रिम, मसाज, खुला पार्किङ सुविधा भउको उक्त होटलमा दुई सयभन्दा बढी पाहुना को सिट क्षमताको रेस्टुरेन्टबाट समेत सेवा लिन सकिने सञ्चालक भट्टराईले बताउनु भयो ।


रेस्टुरेन्टले हरेक दिन एकोष्टिक लाइभ म्युजिकसहित कन्टिनेन्टल, नेपाली र भारतीय परिकारको स्वाद पस्कदै आएकाले पर्वतीय दौडसँगको सहकार्यले थप प्रचारप्रसार हुने पोखरा क्लिकका बजार व्यवस्थापक सागर सुनार बताउनुहुन्छ ।


सञ्चालक भट्टराईले होटल स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा फेवातालमा १० हजार माछाको भुरा छाड्दै वातावरण संरक्षणमा इट्टा थप्ने प्रयास गरेकोमा पर्वतीय दौडमा सहकार्य गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो ।


विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्य रहेको छ ।


मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।


प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद् लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ । 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्